सुरक्षा निकायलाई समयसापेक्ष बनाउन सरकारको पहल
काठमाडौं, २६ माघ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउने उद्देश्यले सरकारले विभिन्न प्रयास थालेको छ।
गृहमन्त्री रमेश लेखकले दुवै सुरक्षा निकायलाई स्रोतसाधनको अधिकतम उपयोग गरी प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताउनुभएकाे छ ।
यसका लागि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधन गर्न विधेयक संसदमा दर्ता गराउनुभएकाे छ । साथै, नागरिकता, अध्यागमन, निर्वाचन र जग्गा प्राप्ति सम्बन्धी कानूनलाई पनि संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
गृहमन्त्री लेखकले संघसंस्था सम्बन्धी नयाँ कानून बनाउने काम भइरहेको र बाँकी विधेयकहरू संसदको चालू अधिवेशनमा पेश गरिने जानकारी दिनुभयाे ।
नेपाल प्रहरी ऐनमा सेवा प्रवेश र अवकाशको विषयलाई स्पष्ट पारिएको छ। यस सम्बन्धमा प्रहरीबाट थप सुझाव आएमा विधेयक संशोधन गर्न सकिने उहाँले बताउनुभयाे ।