प्रधानमन्त्री ओलीसँग फ्रान्सका राजदूतको भेटवार्ता

काठमाडौं, १ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिइ कोर्टेभालले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ ।

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयहरू, र सहयोग आदानप्रदानलाई थप अभिवृद्धि गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त भेटवार्तामा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।