सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भयाे काराेबार ?

काठमाडौँ, १३ फागुन । आज स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हाे।
सोमबार प्रतितोला रु १ लाख ७० हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज बढेर रु १ लाख ७१ हजार ३०० पुगेको छ। यसअघि फागुन ८ गते सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेको छ र आज प्रतितोला रु १ हजार ९७० मा कारोबार हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ९३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।