गणेशमान चारनाथ नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने

जनकपुरधाम, १९ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।

घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो।

नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिए।

उनले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताए।

नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलब्ध गराउने जानकारी दिएको छ। गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गर्न एम्बुलेन्स सेवाले सहयोग पुग्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *