बाजुरामा ट्याक्टर दुर्घटनाहुँदा चालकको घटनास्थलमै मृत्यु

बाजुरा, २६ फागुन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ।

दुर्घटनामा बुढीगंगा नगरपालिका-४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्याक्टर चालक पदमबहादुर रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

खप्तड छेडेदह गाउँपालिकाबाट बुढीगंगा नगरपालिकातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर सडकबाट करिब २५० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराका अनुसार ट्याक्टरमा सवार अन्य तीन जना भने सकुशल छन्।

चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण ओरालो सडकमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। ट्याक्टरको ट्रली सडकबाट ५० मिटर तल खसेको छ