आज पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ३ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। लुम्बिनी प्रदेश लगायत अन्य पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। कर्णाली प्रदेशका केही ठाउँ र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा र बाँकी पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा दिउँसो हावाहुरी चल्न सक्ने सम्भावना छ।

आज राति कोशी प्रदेश लगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा र बाँकी पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *