सङ्घीय संसद्को दुवै सदनको बैठक आजपनि बस्दै

काठमाडौं, १५ चैत्र । सङ्घीय संसद् अन्तर्गत आजपनि दुवै सदनको बैठक बस्दै छ ।

प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुने संसद सचिवालयले जनाएकाे छ ।

प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै पूर्वाधार विकास समितिका माननीय सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । उहाँले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।