नियन्त्रणमा लिइएको पाटेबाघ शुक्लाफाँटा निकुञ्जमा छाडियो

 

काठमाडौँ, १९ चैत । बेलौरी नगरपालिका–२ टेंढुवाबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई गएराति निकुञ्जको कोर एरिया (भित्री भाग) मा छाडिएको हो ।

आइतबार गहुँबारीबाट उद्धार गरिएको बाघको स्वास्थ्य परीक्षणपश्चात् स्वस्थ रहेको पाइएपछि निकुञ्जको सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको ठाकुरले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा सुरक्षा निकायसँगको समन्वयमा बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *