बागमती प्रदेशसभाको बैठक आज बस्दै, सहमतिको प्रयास जारी

काठमाडाैं, २० चैत । बागमती प्रदेशसभाको बैठक आज (बुधबार) दिउँसो १:०० बजेका लागि बोलाइएको छ।

बजेट बाँडफाँटको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक सञ्चालन हुनेमा अनिश्चितता छ। यही विवादका कारण मंगलबार तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।

प्रतिपक्षी दलहरूले चालु आर्थिक वर्षको बजेट वितरणमा सरकारले सन्तुलन कायम नगरेको र विगतका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख भुवनकुमार पाठकले सहमतिका लागि प्रयास गरिरहनुभएको छ।

सभामुख पाठकले बैठक सञ्चालन गर्न आज पनि दलहरूसँग छलफल गरिने र सहमतिका लागि अधिकतम प्रयास हुने बताउनुभयो। उहाँका अनुसार, अघिल्लो दिनको छलफल निष्कर्षविहीन भएकाले आज पुनः संयुक्त छलफल राखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *