राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडाैं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संघीय संसद् अधिवेशन आह्वान गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसको १ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।