कवाडी संकलकलाई दुर्व्यवहार गर्ने महानगर प्रहरी कारबाहीमा

काठमाडौं, ३ वैशाख । बुधबार बिहान बालुवाटार क्षेत्रमा कवाडी संकलन गरिरहेका व्यक्तिको साइकल खोस्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीको आलोचना भएको छ ।
महानगरपालिकाले आलोचना भएपछि कवाडी संकलकप्रति अमर्यादित व्यवहार देखाउने नगर प्रहरीलाई कारबाही गरेको छ।
महानगर प्रहरी बलले ती नगर प्रहरीलाई जिम्मेवारीबाट हटाएर आवश्यक कारबाहीका लागि कार्यालयमा तानेको हो।
उक्त घटनापछि सामाजिक सञ्जालमा नगर प्रहरीको कार्यशैलीको व्यापक आलोचना भएको छ । यसअघि पनि महानगर प्रहरीकाे आलाेचना हुँदै आएकाे छ ।