आन्दोलन गरिरहेका शिक्षकलाई सर्वोच्च अदालतले भन्याे : तीन दिनभित्र विद्यालय फर्कनु
काठमाडौं, ११ वैशाख । काठमाडाैं केन्द्रीत आन्दोलन गरिरहेका शिक्षकलाई सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
‘आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएकाे मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।
देशभरीका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरिरहेका छन् ।