नागार्जुनमा भान्जाद्वारा मामाको हत्या, आरोपी पक्राउ

काठमाडौं, २१ वैशाख। काठमाडौंको नागार्जुन नगरपालिका-३, रातामाटेमा आफ्नै भान्जाले मामाको हत्या गरेका छन्। प्रहरीले हत्या आरोपमा भान्जालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतक सिन्धुलीको फिक्कल गाउँपालिका-५ घर भई हाल नागार्जुन-३ रातामाटे बस्दै आएका ४५ वर्षीय सन्तोष माझी हुन्। उनको हत्या उनकै भान्जा नाता पर्ने सोही स्थान बस्ने २८ वर्षीय सुरज तामाङले गरेको खुलेको छ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार, सुरजले फलामको पाइपले प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको खबर प्राप्त हुनासाथ स्वयम्भू वृत्तबाट खटिएको प्रहरी टोलीले आरोपी सुरज तामाङलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *