बालबालिकामा भएका लुकेका प्रतिभाहरु प्रस्फुटन गर्नका लागि पनि चित्रकला प्रतियोगिता महत्वपूर्ण : उपप्रमुख डंगोल

काठमाडौं, ३० वैशाख ।  नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा आइतबारका दिन न्हू पुचः संस्थाले आयोजना गरेको बालचित्रकला प्रतियोगितामा विजयी बालबालिकालाई पुरस्कार वितरण गरिएको छ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विजयी बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो।

 

कार्यक्रममा उपप्रमुख डंगोलले न्हू पुचःका पूर्वअध्यक्षहरू र विद्यावारिधि गरेका व्यक्तिहरूलाई पनि सम्मानित गरेकी थिइन्। उपप्रमुख डंगोलले नेवारी कला संस्कृतिको प्रवर्द्धन र संरक्षणमा आफू सदैव क्रियाशील रहेको र भविष्यमा पनि यस क्षेत्रमा योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्।

 

न्हू पुचःका अध्यक्ष मन राजा शाक्यले संस्थाले हालसम्म गरेका विभिन्न कार्यक्रमहरूबारे जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *