प्रतिनिधिसभा बैठक पुनः साढे ३ बजे बस्ने

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठक दिउँसो साढे ३ बजेका लागि पुनः बोलाइएको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले बैठक केही समयका लागि स्थगित गर्नुभएको थियो।

गृहमन्त्री लेखकले सदनमा उठेका विषयमा जवाफ दिने तयारी गर्नुभएको छ। तथापि, विपक्षी दलहरूले उहाँलाई बोल्न नदिने अडान कायमै राखेका छन्।

संसद सचिवालयले बैठक दिउँसो साढे ३ बजेका लागि निर्धारण गरिएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *