वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याइयो, दुर्गम र लक्षित वर्गका ज्येष्ठ नागरिकलाई भने ६० वर्षमै

काठमाडौँ, १५ जेठ । सरकारले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) प्राप्त गर्ने उमेर हद बढाएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अब वृद्धभत्ता पाउन ७० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

बजेट भाषणका क्रममा अर्थमन्त्रीले भन्नुभयो, “उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेका नागरिकहरूले ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था मिलाएको छु ।” यद्यपि, उहाँले हाल भत्ता प्राप्त गरिरहेका दुर्गम क्षेत्रका र अन्य लक्षित वर्गका ज्येष्ठ नागरिकहरूका लागि भने हालको ६० वर्षको उमेर हदलाई नै यथावत् राखिएको स्पष्ट पार्नुभयो ।

सरकारले आर्थिक वर्ष २०५१/५२ देखि ‘वृद्धभत्ता’ को नाममा सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको यो भत्ता विभिन्न चरणमा वृद्धि हुँदै हाल प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँसम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *