नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेकाे छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको हो।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेसँग स्पष्टीकरण माग गर्नुभएको थियो। गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोप लगाउँदै पाण्डेसँग स्पष्टीकरण सोध्नुभएको थियो।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै पाण्डेलाई निलम्बन गरिएको महानगरपालिका स्रोतले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *