पर्सामा विपद् उद्धार अभ्यास
वीरगञ्ज (पर्सा), २७ जेठ । जिल्ला विपद् व्यवस्थापन समिति पर्साले आज यहाँको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास गरेको छ । जिल्लामा मनसुनजन्य प्रकोपमध्ये डुबानको समस्या बढी भएकाले सोहीअनुसार पूर्वतयारी अभ्यास गरिएको बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा विपद् उद्धार अभ्यास गरेका उहाँले जानकारी दिनुभयो ।
यस्ता पूर्वतयारीका कार्यक्रमले आगामी दिनमा मनसुनजन्य प्राकृतिक प्रकोपसँग जुध्नका लागि टेवा पुग्ने उहाँको विश्वास छ । श्रीजङ्ग गणका गणपति निराजन कटुवालले पर्सा जिल्लामा हुने विपद्सँग जुध्नका लागि यस्ता अभ्यासले धेरै हदसम्म सहज हुने बताउनुभयो । अभ्यासका क्रममा पोखरीको बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट उद्धार गरेको थियो । पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारि–पारि डोरी बाँधेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो ।
दुवै विधिबाट नसकिने अवस्थामा बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार अभ्यास प्रखशर्न गरियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी गरिएको थियो । पर्सा समुद्री सतहबाट ५२३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षात्को समयमा जिल्लाको पश्चिम क्षेत्रमा डुबान, बाढी तथा कटानबाट क्षति पुु¥याउने गर्छ । पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन् ।