सुनको मूल्य निरन्तर उकालो लाग्दै, कतिमा भयाे काराेबार?
काठमाडौँ, २९ जेठ । सुनको मूल्य बुधबारको तुलनामा आज स्थानीय बजारमा तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेका कारण त्यसकाे प्रभाव स्थानीय बजारमा परेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।