तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौँ, ५ असार । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बैठक बस्न लागेकाे जनाइएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुनुहुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिनुभएको जानकारी अनुसार बुुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहनुुभएकाले आजका लागि सारिएको हो ।