लामो प्रतीक्षापछि ग्वार्को फ्लाई ओभर सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
काठमाडाैं, ६ असार । उपत्यकाको यातायात व्यवस्थापनमा महत्त्वपूर्ण मानिएको ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभर अन्ततः सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच फ्लाई ओभरको उद्घाटन गर्नुभएको हो । यो फ्लाई ओभर सञ्चालनमा आएसँगै चक्रपथको व्यस्त सडकमा हुने ट्राफिक जाममा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ ।
अब चक्रपथमा गुड्ने सवारी साधनहरू नरोकिईकनै फ्लाई ओभरको माथिल्लो भागबाट आवतजावत गर्नेछन् भने मंगलबजार र इमाडोल-लुभुतर्फ जाने सवारी साधनहरू पुलमुनिबाट गुड्नेछन् । यसले ग्वार्को चोकको क्रस-ट्राफिक समस्यालाई समाधान गर्नेछ ।