प्रसिद्धको शतकीय पालिले नेपालको अहिलेसम्मकै सर्वाधिक स्कोर
काठमाडौँ, १५ असार । प्रारम्भिक ब्याट्सम्यान प्रसिद्ध जैसीले शतक बनाएपछि एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगतामा नेपालले आइतबार इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै ५० ओभरमा पाँच विकेट गुमाएर ४२० को विशाल योगफल तयार पारेको छ । नेपालका लागि उमेर समूह र सिनियरमा यो भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालकालागि प्रसिद्धले ११४ बलमा १५ चौका र एक छक्कासहत १३२ रनको शानदार शतकीय पारी खेले । रौनक श्रीवास्तवले पनि ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए । यसअघि, प्रसिद्धसँगै सुरुमै क्रिजमा आएका विकेटकिपर ब्याट्सम्यान परिमार्जन यादवले मात्र २८ बलमा ७१ रनको विस्फोटक पालि खेलेर नेपालका लाग विशाल स्कोर बनाउन महत्वपूर्ण आधार तयार पारेका थिए । परिमार्जनको पालिमा आठ छक्का र चार चौका सामेल थियो ।
प्रसिद्ध र परिमार्जनले मिलेर पहिलो विकेटका लागि दस ओभरमै १३० रनको साझेदारी निर्वाह गरेका थिए । वन डाउन ब्याटसरमयान शिवांस बजगाईँ चार रनमै आउट भएप्छि प्रसिद्धले तेस्रो विकेटका लाग रौनकसँग मिलेर १४८ रनको अर्को ठूलो साझेदारी गरेका थिए ।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई तथा काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले एक–एक विकेट लिए ।
चालू प्रतियोगितामा नेपालले यसअघि, सिङगापुरलाई पाँच र जापानलाई नौ विकेटले हराएको थियो । द टिम सहभागी प्रतियोगतामा नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँग रहेको छ । नेपालले भुटानसँग खेल्न बाँकी छ ।