रसुवामा बाढीले २० बेपत्ता, ९ जनाको उद्धार

 

चीनतर्फबाट आएको बाढीमा परी रसुवामा कम्तीमा २० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली, ८ चिनियाँ नागरिक र ३ जना प्रहरी छन्।

यद्यपि, बेपत्तामध्ये एक प्रहरीले आफू नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन्। यसैबीच, नदीमा फसेका अन्य ९ जनाको भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिएका छन्।

अधिकारीका अनुसार, बाँकी बेपत्ताको खोजीकार्य जारी छ।

सोमबार राति आएको बाढीले रसुवागढी हाइड्रोपावर, भन्सार कार्यालयलगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सुक्खा बन्दरगाहमा रहेका ७ वटा विद्युतीय गाडी (ईभी) समेत बाढीले बगाएको छ।

हाल प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *