गभर्नर पौडेलद्वारा आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्नुभएको छ। उहाँले राष्ट्र बैंकको अनलाइन प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारणसहित नीति घोषणा गर्नुभएको हो।

नवनियुक्त गभर्नर पौडेलको यो पहिलो मौद्रिक नीति हो। विगतका वर्षहरूमा सामान्यतया साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीति यस पटक भने असार महिनाभित्रै ल्याइएको हो।

साउन १ गतेदेखि बजेट (वित्त नीति) कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही समयदेखि लागू गर्न यसपटक चाँडै सार्वजनिक गरिएको हो। राष्ट्र बैंकका अनुसार, मौद्रिक नीतिको घोषणापछि पत्रकार सम्मेलन गरेर थप विषयमा जानकारी दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *