आज उपप्रमुख सुनिता डंगालेले बजेट प्रस्तुत गर्दै, बजेटको आकार २५ अर्व ११ करोड जतिको हुने

 

काठमाडौँ, २९ असार । काठमाडौँ महानगरपालिकाले आज आइतबार आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दैछ। लामो समयदेखि मेयर र प्रशासकिय अधिकृत वीचको विवादका कारण बजेट ल्याउन नसकेको महानगरले दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको हो।
महानगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकले आज दिउँसो २ बजे नगरसभा आयोजना गरी बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो।

सरकारले तोकेको समयसीमा अनुसार असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ। देशभरका ६ महानगरपालिकामध्ये ५ वटाले तोकिएको समयमै बजेट प्रस्तुत गरिसकेका छन्। तर काठमाडौं महानगरपालिकाले भने मेयर बालेनको बालहठका कारण बजेट आउन ढिलाई भइरहेको थियो । यसै बीच उपप्रमुखको सक्रिय भूमिका र अभिभावकिय नेतृत्वले गर्दा सबैलाई मिलाएर बजेट ल्याउने वातावरण बनेको थियो ।

आज आज कामपाकी उपप्रमुख सुनिता डंगालेलले करिब २५ अर्व ११ करोड जतिको बजेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।