काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु, आजै नीति, कार्यक्रम र बजेट प्रस्तुत हुँदै

काठमाडौँ, २९ असार। काठमाडौँ महानगरपालिकाको १७ औँ नगर सभा आज सुरु भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि नगर सभा आह्वान गरिएको हो।

सभामा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ भने उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नुहुनेछ।

आजकै बैठकमा महानगरको आर्थिक ऐन, २०८१ पनि प्रस्तुत गरिने कार्यसूची रहेको छ। प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि सभामा छलफल भई पारित गरिने महानगरपालिकाले जनाएको छ।