अध्यक्ष ओलीलाई भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ४ साउन । पछिल्लो समय राजनीतिक भेटवार्तामा सक्रिय देखिनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल जाँदै हुनुहुन्छ।

राष्ट्रप्रमुखको भूमिकाबाट अलग भएपछि पनि देशको राजनीतिक घटनाक्रममा चासो राख्दै आउनुभएकी भण्डारी र अध्यक्ष ओलीबीच हुन लागेको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भण्डारीको सचिवालयका अनुसार, भेट दिउँसो ३ बजेका लागि तय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *