महाकालीमा पानीको प्रवाह घट्यो
दोधारा चाँदनी (कञ्चनपुर), १९ साउन । महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको छ । पानीको प्रवाह बढेपछि चारपाङ्ग्र्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । आज साँझ महाकालीमा पानीको बहाव घटेर ९९ हजार ४९० क्युसेक भएपछि सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिनुभयो ।
“महाकालीमा पानीको प्रवाह एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको थियो”, उहाँले भन्नुभयो, “दिउँसो एक लाख ६८ हजार क्युसेक पुगेको थियो, अहिले घटेर ९९ हजार ४००मा झरेको छ ।”