सप्तरीमा प्रहरीले चलायाे तस्करमाथी गाेली, एकजनाको मृत्यु
सप्तरी, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीले तस्करमाथी गाेली चलाएर नियन्त्रणमा लिनुपरेकाे छ ।
मदिरा भारत तस्करी गर्ने समूहले प्रहरी आएकाे थाहापाएपछि आक्रमण गर्न खाेज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।
मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ।
प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।
प्रहरी प्रवक्ता बस्नेतले तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए । सो मदिरा बरामद भएको छ ।