वर्षासँगै खसेकाे पहिरोले हेटौँडा-काठमाडौँ सडक अवरुद्ध
काठमाडाैं, ६ भदौ । वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यसैगरी वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-बागझुरामा गिट्टी बालुवासहित भलपानी झर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
अवरुद्ध दुवै सडकबाट पहिरो पन्छाउन सडक विभागसँगको पहलमा प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।