वीरगञ्जमा हैजाको सङ्क्रमण पुष्टि, १० मध्ये ८ जनामा देखियो

पर्सा, १० भदौ । वीरगञ्जमा फैलिएको झाडापखाला हैजा नै भएको पुष्टि भएको छ। हैजाको आशङ्का गरिएका १० जना बिरामीको दिसाको नमूना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले वीरगञ्जबाट पठाइएका नमूनाहरूलाई ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा सङ्क्रमण प्रमाणित भएको बताउनुभयो।

उहाँका अनुसार, वीरगञ्जका अस्पतालहरूले यसअघि नै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मार्फत हैजा भएको प्रारम्भिक पहिचान गरे पनि त्यसलाई थप सुनिश्चित गर्न केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *