कुलिङ पिरियड विवादपछि राजीनामा दिएका रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

काठमाडौँ, १३ भदाै । संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमाथिको विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका  सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाइएको छ।

संसदीय सुनुवाइ समितिकी तत्कालीन सभापति ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त स्थानमा नेपाली कांग्रेसले खतिवडालाई पठाएको हो।

आज बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि खतिवडा सुनुवाइ समितिको सदस्य बन्नुभएको हो।

यसअघि, निजामती विधेयकमा ‘कुलिङ पिरियड’को प्रावधानमा छेडखानी भएको विषयमा गठित छानबिन समितिले नैतिक रूपमा जिम्मेवार ठहर्याएपछि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *