काठमाडाैंकै सबैभन्दा ठूलाे जात्रा इन्द्रजात्राको याेसिं: नगर प्रवेश

काठमाडौँ, १५ भदाै । काठमाडाैंकै सबैभन्दा ठूलाे जात्रा इन्द्रजात्राका लागि याेसिं: नगर प्रवेश भाेटाहिटीबाट नगर प्रवेश गराइएको छ ।

इन्द्रजात्राको लागि काठमाण्डौको हनुमानढाेकामा ठड्याउने याेसिं: भोटाहीटीबाट याेसिं: नगर प्रवेशकाे साइत आज बिहान ९ः५२ बजे भोटाहिटीबाट नगर प्रवेस गराउँदै हनुमानढाेका पुर्‍याइएकाे हाे ।

यसअघि भदौ ९ गते सोमबार बिहान ९ः४६ बजे वन यात्रा गरी राति ९ः३२ बजे याेसिं:का लागि रुख काटिएको थियो। याेसिं:लाई भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ। सोही दिन बेलुकी कुमारी, गणेश र भैरवको सवारी तलेजु मुलचोकमा निस्कनेछ।

त्यसपछि भदौ २१ गते शनिबार कुमारी, गणेश र भैरवको तल्लो टोल यात्रा, भदौ २२ गते आइतबार माथिल्लो टोल रथ यात्रा तथा भदौ २६ गते बिहीबार रथ बिचको टोल यात्रा सम्पन्न हुने बताइएको छ।

इन्द्रजात्रा अन्तर्गतको अन्तिम दिन भदौ २६ गते राति १०ः३२ बजे हनुमानढोकामा ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा सेलाएर जात्रा विधिवत् सम्पन्न गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *