बौद्ध धर्मावलम्बीहरूले आज दिवंगतहरुको सम्झनामा उपाकु यात्रा गर्दै
काठमाडौं, १९ भदाै । बौद्ध धर्मावलम्बीहरूले आज इन्द्रजात्रामा य: सिं उठाएकै दिन (उपाकु वनेगु) दिवंगतहरुको सम्झनामा धार्मिक पदयात्रा उपाकु यात्रा गर्दैछन् ।
काठमाडौको भित्री शहरहरुमा अपरान्हदेखि बेलुकीसम्म दिवंगतहरुको सम्झनामा नेवार बज्रयानी बौद्ध समुदायले एक प्रकारको धार्मिक पदयात्रा गरिन्छ यसलाई नै उपाकु वनेगु भनिन्छ ।
उपाकु जाँदा बाटोभरी च्युरीको घ्यु राखिएको काँचो माटोको पाल्चा बालेर राख्दै जाने गरिन्छ । यसमा प्रतिदिन एउटाको दरले ३६५ दिनको ३६५ वटै पाल्चा राख्ने गरिन्छ ।
बाटोमा जतिपनि मन्दिर, चैत्यहरु आउँछ ती सबै ठाउँमा पाल्चा राख्दै यात्रा अगाडी बढाइन्छ । दिवंगतका आफन्तहरु पाल्चा राख्दै जान्छन् भने परिवारका अरु सदस्य तथा नातेदार, साथीभाइहरु धुप बाल्दै स्तोत्र पाठ गर्दै उपाकु जाने गरिन्छ ।
बौद्ध समुदायका मानिसहरु उपाकु जाने मार्गका टोल टोलमा भेला भइ स्तोत्र पाठ गरेर बस्छन् ।
उपाकु जहाँ बाट सुरु गरेपनि हुन्छ । तर सामान्यतया हनुमानढोका दरबार क्षेत्रबाटै आरम्भ गरिन्छ । काठमाडौंको थ:ने र क्व:ने क्षेत्रको कुना काप्चा समेत घुम्ने यसको आफ्नै मार्ग रहेको छ ।
उपाकु यात्राको मार्ग
भिमसेनथान–भिंद्य हिटी–कोप्राक्यब–सुन्ता गल्ली–पाछैं गल्ली–तुंछें गल्ली–कुलांभलु (रक्तकाली) –छत्रपाटी–स्वांछपु गणेश–थंहीटी–ज्याठा–छुस्यांबहा–इनबहा–भोटाहिटी–तूक्यब–महाबौद्ध–भोंसिको–दुगंबही–न्युरोड गेट–टेबहाल–सुन्धारा–धरहरा–बागदरबार–भोटेबहाल–गणबहाल–लगन–नाय्पाचो–सबलबहाल–इनाख–चल्खु–वन्दे–ह्यूमत–जैशी देवल–कोहिटी–भिमसेनस्थानमा पुगी समापन ।