दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट
काठमाडाैं, २० भदाै । सरकारले दर्ता नभएका प्लेफर्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सरकारले बिहीबार रातिदेखि फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको हो।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार रिट दर्ता भने भइसकेको छैन।
‘धेरै जनाबाट रिट आएको छ। सर्वोच्च अध्ययनकै क्रममा छ। दर्ता भएको छैन,’ उनले भने।
एउटै विषयमा एकभन्दा बढी रिट आएका कारण सबै रिट अध्ययन गरी बाँकी प्रक्रिया आइतबार मात्रै हुने सहायक प्रवक्ता पाण्डेले बताए।
सरकारले सर्वोच्च अदालतकै फैसलालाई टेकेर सूचीकरण हुन नआएका २५ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो।