जेनजीलाई आन्दोलन स्थगन गरी शान्ति सुव्यवस्था कायम गर्न सरकारको आग्रह
काठमाडौं, २४ भदाै । सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ ।
आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गरी आतंक मच्चाउने तत्वको पहिचान गरीघटना छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि क्याविनेटले हिजाे गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मृतकका परिवारलाई राहत तथा घाइतेको सरकारले उपचारको नि:सुल्क व्यवस्था मिलाउने भएकाे छ ।