नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै भन्याे – हतियार बुझाउनू, पोशाकको दुरुपयाेग नगर्नु

काठमाडौं, २६ भदाै । नेपाल प्रहरीले प्रदर्शनका क्रममा प्रहरीलगायत अन्य सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको छ ।

प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।

सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं। १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं। ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *