सुनसरीमा रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २ जनाको मृत्यु, २० घाइते
विराटनगर, २ असाेज। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोकिँदा २ जनाको मृत्यु भएकाे छ भने २० जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको हाे भने दुर्घटनामा २० जना भन्दा बढी घाइते भएकाे प्रहरीले जनाएको छ।