नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरो पन्छाएपछि राति ११ः५५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएकोमा आज बिहान ७ः१५ बजेदेखि भने सडक पूर्ण रुपमा दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडिको सिसामा सामान्य क्षति पुगेको छ। अन्य मानवीय क्षति भने भएको छैन। सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ हिँडेका यात्रु र सवारीसाधनलाई सहज भएको छ ।