जेनजी आन्दोलनमा नख्खु जेलबाट भागेका बलात्कारी आराेपी तामाङले गरे श्रीमतीकाे हत्या

काठमाडौं, ५ असाेज । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेर शव घरको करेसामा गाडेर सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको हाे ।

काभ्रेपलाञ्चाकको पनौती नगरपालिका वडा नम्बर १२ कलाँती स्थित घरको पछाडी करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव प्रहरीले फेला पारेकाे छ ।

तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा ३१ वर्षीया जमुनाकाे शव गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

तामाङ २४ गते नख्खु कारागारबाट फरार भएर घर आएका थिए । प्रहरीले खोजतलास गरिरहेको भए पनि उनी लुकेर बसिरहेका थिए । जर्बजस्तीकरणी उद्योगमा ३ वर्षे कैद सजाँय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।

मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् ।