नारायणघाट–मुग्लिन सडक ४५ घन्टापछि सञ्चालनमा

काठमाडाैं, ५ असाेज । नारायणघाट–मुग्लिन सडककाे तुइन खोलाछेउमा आएकाे पहिरोले बन्द भएकाे सडक ४५ घन्टापछि सञ्चालनमा आएकाे छ ।

शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पन्छाएको हाे ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताए। सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए।

तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *