नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौं, ६ असोज । राष्ट्रपति निवास शितलनिवासमा नवनियुक्त चार मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएकाे थियाे ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । मिश्रा मन्त्री बन्ने भनेर पत्रपत्रिकामा समाचार आउन थालेपछि अख्तियारले उनीविरूद्धको भ्रष्टाचारकाे अनुसन्धान सकिन लागेको र केही समयमा मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएपछि मिश्रा सपथ राेकिएकाे हाे ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएका थिए । अब प्रधानमन्त्री कार्कीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।