नेपाल टेलिकमको फोन वान–वे, बिलिङमा समस्या
काठमाडौं, ९ असोज । नेपाल टेलिकमको बिलिङमा समस्या देखिएपछि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।
बिहीबार बिहानदेखि समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।
नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।
समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताए । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ ।’