सुनसरीमा गोली हानी एकजनाको हत्या

सुनसरी, २६ असाेज । सुनसरीमा एक व्यक्तिको गोली हानी हत्या गरिएकाे छ ।

सुनसरीको रामधुनी नगरपालिका वडा नं–२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेकाे स्थानीयले बताएका छन्।

गोली लागेर घाइते भएका उनको चौधरीको घटनास्थलमै मृत्यु भएको हो। गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *