नेपालद्वारा युएइलाई १४१ रनको लक्ष्य
काठमाडौँ, २६ असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएइलाई १४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १४० रन तयार पारेको थियो । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको ४७ बलमा सर्वाधिक ५१ रन बनाए । आसिफको पालिमा चार चौका र एक छक्का सामेल थियो । आसिफले कुशल भुर्तेलसँग मिलेर पहलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको साझेदारी निर्वाह गरेका थिए । भुर्तेल दुई चौका र दुई छक्कासहित २६ बलमा २८ रन बनाएर आउट भए ।
कप्तान रोहित पौडेल १९ बलमा एक चौकासहित २० रन बनाएर आउट भए । कुशल मल्लले ११ बलमा दस रन बनाएर पवेलियन फर्के । दिपेन्द्र सिंह ऐरीको ब्याटबा्ट एक रन मात्र निस्कियो । गुलसन झााले पाँच बलमा १४ रन बनाएर प्रभावित पारे ।
नेपालका सन्दीप जोरा ४ र सोमपाल कामी छ रनमा अविजित रहे । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक–एक विकेट लिए ।