त्रिवि क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत: राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, रु १० अर्ब लाग्ने

काठमाडौँ, ३१ असोज । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो। गुरुयोजना बमोजिम क्रिकेट मैदान निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

गुरुयोजना बमोजिम रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ।

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन्। आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *