आज नेपाल संवतको नयाँ बर्ष ११४६ भिन्तुना र्याली निकाल्दै हर्षोउल्लसाका साथ मनाईदै साथै आज साँझ म्हः पूजा गरिदै
काठमाडौँ, ५ कात्तिक । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
म्हः पूजा नेवार समुदायमा तिहारको चौथो दिन (नेपाल संवत् नयाँ वर्षको दिन) मनाइने एक महत्वपूर्ण आत्म(पूजा हो। ुम्हः को अर्थ नेवारी भाषामा ुशरीरु वा ुआत्माु हुन्छ। यस दिन व्यक्तिले आफ्नो शरीर, आत्मा र भित्री चेतनाको पूजा गर्दछ। यो पूजा आत्म(शुद्धि, दीर्घायु, सुस्वास्थ्य र सुख(समृद्धिको कामनाका लागि गरिन्छ। पूजाको क्रममा परिवारका सदस्यहरूका लागि विशेष मण्डप बनाइन्छ, त्यसमा विभिन्न अन्न र सामग्री राखेर पूजा गरिन्छ, टीका लगाइन्छ र विभिन्न सगुन लिई भोज खाने गरिन्छ । यसलाई आफ्नो भित्री ऊर्जा र आत्मसम्मानलाई बढाउने पर्वका रूपमा लिइन्छ।
यस्तै आज विहानै काठमाडौंको बसन्तपुरबाट भिन्तुना र्याली निकालीदै छ । भिन्तुना र्याली नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा नेवार समुदायले मनाउने एक भव्य सांस्कृतिक झाँकी र र्याली हो। भिन्तुनाु शब्दको अर्थ शुभकामना वा नयाँ वर्षको शुभकामना हो। यस र्यालीको मुख्य उद्देश्य नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु, नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु, तथा सामाजिक सद्भाव र एकतालाई बलियो बनाउनु हो। यसमा विभिन्न सांस्कृतिक झाँकीहरू, परम्परागत बाजागाजा (जस्तै धिमे, भुस्या), परम्परागत पोशाक र नृत्यहरू नाच्ददै काठमाडैंको भित्री शहर परिक्रमा गरिन्छ। यो र्याली विशेषगरी काठमाडौं उपत्यकामा निकै उत्साहका साथ मनाइउँदै आइरहेको छ।
