सोलुखुम्बुकाे दूधकोशीमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ, ७ कात्तिक । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी बिहीबार साँझ साढे ७ बजेतिर दुर्घटनामा परेको सोलुखुम्बु प्रहरी कार्यालयले जनाएकाे छ । मृतक र घाइतेको पहिचान हुन सकेकाे छैन।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।