चालु आर्थिक वर्षको चार महिना बित्दा पनि २५ स्थानीय तह बजेटविहीन, अधिकांश मधेश प्रदेशका
काठमाडौँ, ३० कात्तिक । चालु आर्थिक वर्षको चार महिना पूरा भइसक्दा पनि देशभरका २५ स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, बजेटविहीन रहेका यी स्थानीय तहमध्ये अधिकांश मधेश प्रदेशका छन् ।
संवैधानिक व्यवस्थाअनुसार, हरेक वर्षको जेठ १५ गते संघीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गरिसक्नुपर्ने हुन्छ । तर, चालु आर्थिक वर्षको एक चौमासिक (चार महिना) बितिसक्दा पनि मधेश प्रदेशका कुल १३६ स्थानीय तहमध्ये २४ वटाले बजेट ल्याएका छैनन् । देशभर भने ७२८ स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् ।
बजेट प्रस्तुत गर्न नसक्ने स्थानीय तहहरू:
सप्तरी:
राजविराज नगरपालिका
अग्नीसाइर कृष्णासवरण गाउँपालिका
बलान बिहुन गाउँपालिका
कल्याणपुर नगरपालिका
सिराहा:
धनगढीमाई नगरपालिका
सुखीपुर नगरपालिका
धनुषा:
क्षिरेश्वर नगरपालिका
नगराइन नगरपालिका
औरही गाउँपालिका
कमला नगरपालिका
जनकनन्दिनी गाउँपालिका
धनौजी गाउँपालिका
महोत्तरी:
सोनमा गाउँपालिका
मलङ्गवा नगरपालिका
सर्लाही:
हरिवन नगरपालिका
चन्द्रनगर गाउँपालिका
रामनगर गाउँपालिका
रौतहट:
कटहरिया नगरपालिका
देवाही गोनाही नगरपालिका
फतुवा विजयपुर नगरपालिका
यमुनामाइ गाउँपालिका
बारा:
महागढीमाई नगरपालिका
विश्रामपुर गाउँपालिका
पर्सा:
पकाहा मैनपुर गाउँपालिका
यी बाहेक, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिका ले पनि चालु आर्थिक वर्षको बजेट हालसम्म प्रस्तुत गर्न सकेको छैन । बजेट अभावका कारण यी स्थानीय तहमा विकास निर्माणका काम र जनजीविकासँग जोडिएका सेवा प्रवाहमा अवरोध आउन सक्ने चिन्ता बढेको छ