एनपीएल: विराटनगर किंग्सद्वारा जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

काठमाडौं, ८ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो।

विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए। बसिर अहमदले ३६ रन जोडे भने ओपनर लोकेश बम २८ रन बनाएर आउट भए। जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए।

जनकपुरका लागि संगित कुरे र रुपेश सिंहले २-२ विकेट लिए भने आदित्य मेहताले एक विकेट हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *